प्रियंका चोपडाले भनिन् ‘उमेर १० वर्ष फरक छ त्यसैले…’

डिसी नेपाल
८ मंसिर २०७८ ११:०८

काठमाडौं। प्रियंका चोपडा र उनका पति निक जोनसको सम्बन्धविच्छेदको खबरले उनीहरुका फ्यानलाई आश्चर्यमा पारेको थियो । यसलगत्तै प्रियंकाकी आमा मधु चोपडाले यो खबर पूरै गलत भएको बताएकी थिइन् । यससँगै निक जोनसको तस्वीरमा प्रियंकाको कमेन्टले पनि सम्बन्धविच्छेदको खबर हल्ला मात्र हुन सक्ने संकेत गरेको थियो । यिनै हल्लाका बीच जोनस ब्रदर्श फेमिली रोस्टमा प्रियंकाले निकलाई निकै रोस्ट गरेकी छिन् ।

प्रियंकाले यसको भिडियो इन्स्टाग्राममा शेयर गरेकी छिन् । भिडियोमा उनले भनेकी छिन् ‘आज म यहाँ आएर निकै सम्मानित महसुस गरिरहेकी छु । जहाँ मैले आफ्ना पति निक जोनसलाई रोस्ट गर्नेछु र उनका दाजुहरुलाई पनि जसको नाम मैले कहिल्यै सम्झिन सक्ने छैन । म भारतबाट हुँ जहाँ संस्कृति, संगीत र मनोरञ्जनको भण्डार छ त्यसैले जोनस ब्रदर्शले त्यहाँ आफ्नो पकड बनाउन सकेनन् ।’

‘निक र मेरो बीचमा १० वर्षको उमेरको फरक छ र ९० को दशकका कैयौं पप कल्चर रिफरेन्स छन् जो उनी बुझ्दैनन् र मैले उनलाई बुझाउनु पर्छ र यो कुरा ठिक छ किनकि हामी एक अर्कालाई केही कुरा सिकाउँछौं । उनले मलाई टिक टक चलाउन सिकाए र मैले उनलाई देखाएँ कि एक सफल अभिनय करिअर कस्तो हुन्छ ।’ प्रियंकाका साथै उनका दाजु जो जोनसले पनि निकलाई निकै रोस्ट गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *