के गर्भवती छिन् प्रियंका ? भनिन् – ‘निक एण्ड आइ आर एक्स्पेक्टिङ’

डिसी नेपाल
८ मंसिर २०७८ १३:२४

काठमाडौं। बलिउड र हलिउडका पावर कपल प्रियंका चोपडा र निक जोनसको सम्बन्धविच्छेदको खबरले अहिले मनोरञ्जन बजार तातेको छ । सम्बन्धविच्छेदको हल्लाका बीच २३ नोभेम्बरमा नेटफ्लिक्समा ‘जोनस ब्रदर्श फेमिली रोस्ट’ शो रिलिज गरियो । फेमिली रोस्ट शोमा जोनस ब्रदर्स र उनीहरुका पार्टनर सहभागी थिए । यस क्रममा प्रियंका चोपडाले पति निकलाई निकै रोस्ट गरिन् ।

प्रियंकाले निकलाई रोस्ट गर्ने क्रममा आफूहरुको बच्चाको बारेमा पनि कुरा गरिन् जुन कुरा सुनेर त्यहाँ भएका सबै चकित परे । ‘निक जोनस रोस्ट’को एक सेगमेन्टमा प्रियंकाले भनिन् ‘निकका दाजुहरुका बच्चा छन् । केभिन जोनसका दुई छोरीहरु छन् र जो जोनसकी पनि एक छोरी छिन् ।’ प्रियंकाले आफू र निक मात्र परिवारमा बच्चा नभएको जोडी भएको बताइन् । त्यसपछि प्रियंकाले जे भनिन् त्यो सुनेर निक समेत सबैको सास एक पलको लागि रोकियो ।

प्रियंकाले भनिन् ‘हामी एक्लो यस्तो जोडी हौं जसको बच्चा छैनन् । त्यसैले म यो घोषणा गर्नको लागि निकै उत्साहित छु । निक एण्ड आइ आर एक्सपेक्टिङ…’ । तर, केही सेकेण्ड रोकिएपछि प्रियंकाले अगाडि भनिन् ‘आज राती पिउनको लागि र भोलि सुत्नको लागि ।’ प्रियंकाको कुरा सुनेर सबै हाँस्न थाल्छन् तर निक जोनस केही समयको लागि अवाक हुन्छन् । प्रियंकाले निकको अनुहारको बारेमा कुरा गरेपछि निकले आफू केही चिन्तित भएको बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *