प्लेब्वायको भव्य महलमा मोडलहरुलाई किन आँगनमा सुत्न बाध्य पारिन्थ्यो ?

डिसी नेपाल
९ मंसिर २०७८ १४:४२

काठमाडौं। प्लेब्वाय मेन्सनको विषयमा धेरै किसिमका चर्चाहरु हुन्छन् । एक समय हरेक महिला मोडलको लागि ह्यु हेफनरको यो मेन्सनमा जानु सपना हुनथ्यो । मेन्सनभित्र के हुन्थ्यो यो धेरै कम मानिसहरुलाई थाहा थियो । तर, अहिले एक पूर्व प्लेब्वाय मोडलले मेन्सनको रहस्यबाट पर्दा उठाएकी छिन् । यी मोडल १४ वर्ष पहिले मेन्सनमा बस्न गएकी थिइन् ।

यी मोडलको नाम जेना बेन्टले हो । अहिले ३२ वर्षकी जेना १८ वर्षको उमेरमा प्लेब्वाय मेन्सननजिकै बनेको ‘बनी हाउस’मा बस्नको लागि गएकी थिइन् । उनी २००७ देखि २००८ को बीचमा बनी हाउसमा बसिन् । यो जेनाको लागि भव्य पार्टीहरु, सेलिब्रेटी दर्शन र रियल लाइफ बार्बी प्लेहाउसका सबै सुविधाहरुको साथमा एक सपना साकार हुनुजस्तै थियो ।

जेनाका अनुसार बनी हाउसमा जानुभन्दा पहिले उनले त्यहाँका कैयौं नियमहरुको पालना गर्नुपर्थ्यो । मेन्सनभित्र के भइरहेको छ भन्ने कुरा बाहिर कसैलाई बताउनु हुँदैनथ्यो । रातको ९ बजे कर्फ्युको क्रममा घरभित्र हुनुपर्थ्यो । नियम नमान्नेहरुलाई कडा सजाय हुन्थ्यो । जस्तो कि कर्फ्युको उल्लंघन गर्दा एक महिलाले आँगनमै सुत्नु परेको थियो ।

जेनाले डेलीमेलसँग भनिन् ‘अहिले पनि म ती पुराना यादहरुमा हराउँछु किनकि त्यो यति अविश्वसनीय समय थियो जसलाई कहिल्यै पनि दोहोर्याउन सकिँदैन । उनका (ह्यु हेफनर) पार्टीहरुजस्तो केही कहिल्यै हुने छैन । मेरो मतलब मानिसहरु सोच्छन् कि उनी जंगली थिए तर उनी तपाइँहरुको कल्पना भन्दा पनि धेरै जंगली थिए ।’

जेनाका अनुसार उनी आफूले भने कहिल्यै पनि ह्यु हेफनरसँग यौन सम्बन्ध राखिनन् । तर उनले एक पटक हेफनरलाई शारीरिक सम्बन्ध राख्दै गरेको देखेकी थिइन् । उनका अनुसार त्यतिबेला हेफनर कोसँग थिए भन्ने स्पष्ट रुपमा कहिल्यै बताउन सक्दिनन् तर त्यहाँ उनीसहित ४ जना थिए । जेनालाई हाउसमा जानुभन्दा पहिले एउटा जटिल सम्झौता हस्ताक्षर गर्नुपरेको थियो ।

जेनाले भनिन् ‘मैले निकै जटिल सम्झौतामा हस्ताक्षर गर्नुपरेको थियो । यही कारण मैले हवेलीमा कसले सेक्स गरे भन्ने बारेमा कुरा गर्न सक्दिन तर मैले देखेकी छु कि धेरै चर्चित हस्तहिरुले त्यहाँ सेक्स गर्छन् । मैले पनि धेरै पटक यसमा भाग लिएकी छु तर यसको बदलामा मैले जे पाएँ त्यो अविश्वसनीय थियो ।’

जेनाका अनुसार उनीहरुलाई ब्वायफ्रेण्ड राख्ने अनुमति थिएन । उनीहरुले केटाहरुसँग भेट्न थाले भने तत्काल हाउसबाट किक आउट गरिन्थ्यो । जेनाका अनुसार मानिसहरु हाउसभित्र जुनसुकै ठाउँमा सेक्स गर्थे । जेनाले भनिन् ‘मैले कुनै नामको खुलासा गर्न सक्दिन तर तपाइँ मान्न सक्नुहुन्छ कि त्यहाँ प्रसिछ संगीतकार, राजनेता र अन्य चर्चित हस्तीहरु थिए ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *