जर्ज बुस, ‘वार अन टेरर’ र एमालेभित्रको लोकतन्त्र

डिसी नेपाल
९ मंसिर २०७८ २१:००

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो पार्टी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन औपचारिकरुपमै शुरु हुन अव केही घण्टामात्र बांकी छ । आफूलाई परम्पारागत कम्युनिष्टभन्दा पनि लोकतान्त्रिक कम्युनिष्ट परिभाषित गर्दै आएको सो पार्टीभित्रको लोकतन्त्रको स्थिति भने यतिबेला दयालाग्दो देखिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूले कसैलाई प्रतिष्पर्धा नगर नभनेको, पार्टीमा लोकतन्त्रिक अभ्यासको पक्षपाती भएको सार्वजानिकरुपमा बताएका पनि छन् । तर, संगसंगै उनले यदि कोही चुनाव लडेर हार्यो भने हार्नेलाई ठाउं दिन नसकिने भन्दै धम्क्याएका पनि छन् । केही दिनअघि सम्पादकहरुसंग कुराकानी गर्दै उनले आफूले मन पराएको व्यक्ति नै आफूपछिको बरिष्ठ उपाध्यक्ष वा महासचिव हुने र भोट नै भए पनि उसैले अत्याधिक मत ल्याएर जित्ने घोषणा पनि गरिदिए ।

एमाले भर्खरैमात्र विभाजित भएको पार्टी हो । विद्रोहको नेतृत्व गरेका माधवकुमार नेपाललाई लामो साथ दिएर पनि पार्टी विभाजनमै चाहिं साथ दिन नसकेका थुप्रै नेता कार्यकर्ता एमालेभित्रै छन् जसले केपी ओलीको नेतृत्वलाई मन पराएका छैनन् । तर, उनीहरु एक्लैले ओलीसंग भिडेर पार्टीको केन्द्रीय जिम्मेवारी पाउने सम्भावना पनि एमालेभित्र छैन ।

ओलीले आफू र आफूले लिएको नीतिका समर्थकहरु लोकतन्त्रवादी, राष्ट्रवादी एवं मुलुकको संबृद्धि र विकासको पक्षपाति त्यसको विरोध गर्नेहरु अलोकतान्त्रिक, अराष्ट्रवादी, विकासविरोधी र फूट परस्त भएको खुल्लै भनेका छन् । र, उनको साइवर सन्जालले पनि यो कुरालाई महत्वका साथ लविङ गर्दै आएको छ । यसको सहज अर्थ छ एमालेमा ओलीको इच्छा वा चाहनाका विरोधीहरु विकासविरोधी, फूटपरस्त, अलोकतान्त्रिक र राष्टविरोधी हुन् ।

अझ ओलीले आफू र आफूले लिएको नीतिका समर्थकहरु लोकतन्त्रवादी, राष्ट्रवादी एवं मुलुकको संबृद्धि र विकासको पक्षपाति त्यसको विरोध गर्नेहरु अलोकतान्त्रिक, अराष्ट्रवादी, विकासविरोधी र फूट परस्त भएको खुल्लै भनेका छन् । र, उनको साइवर सन्जालले पनि यो कुरालाई महत्वका साथ लविङ गर्दै आएको छ । यसको सहज अर्थ छ एमालेमा ओलीको इच्छा वा चाहनाका विरोधीहरु विकासविरोधी, फूटपरस्त, अलोकतान्त्रिक र राष्टविरोधी हुन् ।

एमालेको महाधिवेशनमा प्रतिनिधि छनौटदेखि नै यो कुराले ठूलो भूमिका खेलेको छ । त्यसैले ओलीलाई नेतृत्वमा देख्न नचाहनेहरुको सानो समूहमात्र महाधिवशेन प्रतिनिधिका रुपमा चितवनमा सहभागी हुंदै छ बांकी सबै ओली पक्षधरहरुकै जमघटले यसपटकको एमालेको दशौं महाधिवेशन रंगिएको देखिन्छ । प्रतिनिधि छनौटदेखि नै सर्वसम्मत गर्ने नाममा लोकतान्त्रिक अभ्यासलाई कमजोर वनाइएको आरोप ओलीसंग अध्यक्षको प्रतिष्पर्धाको घोषणा गरेका हालका उपाध्यक्ष भीम रावलले लिखित र मौखिकरुपमै सार्वजानिक गरिसकेका छन् ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी हमला भयो, ट्वीनटावर ढले,रक्षा मन्त्रालयको एउटा भाग कोल्याप्स भयो, सयौंको संख्यामा मानिसहरु मारिए । यो घटना लगत्तै तत्कालीन अमेरिकी राष्टपति जर्ज बुसले सो आतंकवादी हमलाको नेतृत्वकर्ता विन लादेन र उनको अलकाइदामाथि जाइलाग्ने घोषणा गरे । उनले ‘वार अन टेरर’ भन्ने वाक्यांश सार्वजानिक गरे र आफूलाई आतंकवादी लाग्नेहरु बिरुद्ध संसारभरि नै अभियान चलाए ।

यसले वार अन टेररको समर्थन नगर्ने विश्वका अन्य मुलुकहरु स्वत आतंकवादका समर्थकको कित्तामा परिभाषित हुने डर भयो । त्यसैले विश्वका मुलुकहरुले अमेरिकाको समर्थन गर्नुपर्ने अवस्था आइपुग्यो । जसले समर्थन गर्दैन त्यो आतंकवादसंग जोडिने अवस्था आएको थियो । ठीक यस्तै अवस्था अहिले ओलीले एमालेभित्र सिर्जना गरेका छन् । उनको नेतृत्वमा नेकपा हुंदाहुंदै त्यो विभाजित भयो, त्यसपछिको एमाले पनि विभाजित भयो र वांकी भएको एमालेमा पनि विभाजित पक्षमा देखिएकाहरुको अवशेष बांकी नै रहेको अवस्थामा उनले आफ्ना विपक्षमा हुनेहरुलाई अलोकतान्त्रिक, विकासविरोधी, फुटपरस्त र कम्युनिष्ट आन्दोलनविरोधी जनविरोधी कित्ताका समर्थकहरु रहेको विल्ला लगाइदिए । र, एमालेभित्र त्यो स्थापित गराउंदै गएको देखिएको पनि छ ।

यसैकारण विपक्षी कित्तामा उभिएर तमामा लान्छनाहरु व्यहोर्ने आंट ओलीको नेतृत्व नरुचाउने पक्षले गर्न सकेको देखिदैन । अर्को सत्य के पनि हो भने पार्टी विभाजनको चोटका कारण पार्टी नेतृत्वको विपक्षको आवाज कमजोर भएको छ । यसको अर्थ पार्टी नेतृत्वका तमाम असफलताहरुमा ढाकछोप हुनुपर्छ भन्ने होइन तर एमालेमा अहिले ती असफलताहरु ढाकछोप गर्ने अवस्थाको सिर्जना ओलीले गराइदिएका छन् ती आवाज बोल्न खोज्नेहरुलाई फुटपरस्त, कम्युनिष्टविरोधी आदि आदि विल्ला भिरिने पो हो कि भन्ने भयले काम गरेको छ ।

ओलीकै जांगरले कम्युनिष्टहरु एक भएका थिए तीन बर्षअघि तर विभाजनमा पनि उनलाई नै मुख्य दोषी बनाइएको छ । पार्टी एकमात्र होइन केही टुक्रा नै भएको छ र यस्तो वेहाल हुनुको जिम्मेवारी नेतृत्वको हिसावले ओलीले लिनुपर्नेमा एमालेभित्रको आन्तरिक हावा यस्तो कुराको विश्लेषण गर्नेतिर बहेको छैन ।

ओलीकै जांगरले कम्युनिष्टहरु एक भएका थिए तीन बर्षअघि तर विभाजनमा पनि उनलाई नै मुख्य दोषी बनाइएको छ । पार्टी एकमात्र होइन केही टुक्रा नै भएको छ र यस्तो वेहाल हुनुको जिम्मेवारी नेतृत्वको हिसावले ओलीले लिनुपर्नेमा एमालेभित्रको आन्तरिक हावा यस्तो कुराको विश्लेषण गर्नेतिर बहेको छैन । बरु पार्टी विभाजन हुनु थियो भयो, जानेहरु गए, कम्युनिष्ट विरोधीहरु वाहिरिए, विकासविरोधी, विदेशीका दलालहरु आउट भए र उनीहरुलाई खेदाउन, वा अर्को पार्टी गठन गर्न ओलीको नेतृत्व सक्षम भएको पो व्याख्या अहिले एमालेभित्र गरिन थालेको छ ।

यसले सफलता र असफलताहरु केलाएर लोकतान्त्रिक ढंगले पार्टीलाई अघि बढाउने ढोका कम्तिमा यो पटकका लागि एमालेमा बन्द भएको छ । त्यसैले एमालेका नेताहरुले आफूहरुलाई लोकतान्त्रिक विधिबाट छनौट हुने गरी अघि बढाउन सकेका छैनन् । महेश बस्नेत र भीम रावलवाहेक हालसम्म कसैले उम्मेद्वारी घोषणा गर्न सकेको छैन ।

विगतका महाधिवेशनहरुमा एमालेको मूल नेतृत्व निर्वाचनकै माध्यमबाट छानिएको पाइन्छ । उपाध्यक्ष, महासचिव, सचिव र पदाधिकारीहरु चुनाव लडेर निर्वाचित भएका नेताहरु थिए । अहिले पनि यी पदहरुमा जान आकांक्षा राख्नेहरुको कमी छैन एमालेमा तर कोही मुख खोल्न सक्ने अवस्थामा छैनन् । बोलिहाले ओलीले मन नपराउलान् कि पाउने सम्भावना हुंदा हुंदै बोल्न खोज्दा गुमाउनु पो पर्ला कि भन्ने भयले यतिवेला दिग्गज भनिएका एमालेका नेताहरु मौनता सांधेर बसेका छन् र ओलीको लिष्टमा पर्न अहोरात्र खटिएका छन् ।

यो दृश्यले एमालेभित्र कतै प्रतिष्पर्धै पो छैन कि जस्तो गरी मुर्दा शान्ति छाएको छ यतिबेला । छान्ने र छानिनेहरुमा उत्साहभन्दा पनि ओलीको लिष्टमा नाम चढाउनेहरुको प्रतिष्पर्धा नै अहिलेका लागि एमालेभित्रको लोकतान्त्रिक अभ्यास बन्न पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *