निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा

डिसी नेपाल
१० मंसिर २०७८ १२:२५

काठमाडौं ।निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । संस्थाको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा २९ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउनेछन् । कम्पनीले ५० करोड २५ लाख रुपैयाँ बराबरको रकम बोनस सेयर वितरणमा खर्च गर्नेछ । त्यसैगरी, दुई करोड ६३ लाख १७ हजार १०५ रुपैयाँ कर प्रयोजनमा खर्च गर्नेछ । गत वर्ष कम्पनीले १३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *