ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु

डिसी नेपाल
१० मंसिर २०७८ १२:५६

जनकपुरधाम ।धनुषाको मिथिला नगरपालिकामा ट्याक्टर दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ ।

मिथिला नगरपालिका २ नक्टाझिजमा शुक्रबार बिहान ट्याक्टरमा च्यापिएर क्षीरेश्वरनाथ नगरपालिका ७ का २५ वर्षीय चेतन महतोको मृत्यु भएको हो । स्थानीय नदीमा बालुवा अनलोड गर्ने क्रममा ज१त। ४१७२ नम्बरको ट्याक्टर पल्टिँदा महतोको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

महतो ट्याक्टरमै बसेका थिए । महतोको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रदेशिकक अस्पताल जनकपुरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *