कांग्रेसको नवलपरासी अधिवेशन सर्यो, मंसिर १९ मा हुने

डिसी नेपाल
११ मंसिर २०७८ १२:०४

नवलपरासी । नेपाली कांग्रेसको जिल्ला अधिवेशन सरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको नेपाली कांग्रेसले महाधिवेशनका लागि तयारी पूरा नभएको भन्दै यही मंसिर १९ गतेका लागि जिल्ला अधिवेशन सारेको हो ।

मंसिर १० र ११ गते हुने भनिएको जिल्ला अधिवेशनका लागि आवश्यक तयारी अझै बाँकी रहेको भन्दै मंसिर १९ र २० गते महाधिवेशन गर्नेगरी सारिएको सहायक जिल्ला निर्वाचन अधिकृत चूडामणि शर्मा कँडेलले बताए । कँडेलका अनुसार नयाँ घोषणा गरिएको कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन मंसिर १९ गते तथा २० गते मतदान गर्ने गरी जिल्ला अधिवेशनको प्रक्रिया अगाडि बढाइनेछ ।

जिल्लाको क्षेत्र नं.२ को मतगणनाका क्रममा क्षेत्रीय सभापतिका दुबै प्रत्यासीले प्राप्त गरेको मत संख्या बराबरी भएको र पुनःमतगणना हुन नसकेपछि जिल्ला महाधिवेशन सरेको हो ।

नेपाली कांग्रेस नवलपुर क्षेत्र नं.२ का क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङ र जगत कार्कीले समान ३ सय ९४ मत प्राप्त गरेका थिए । दुबै उम्मेदवारको सहमतिमा पुनःमतगणना गरेर क्षेत्रीय सभापतिको टुङ्गो लगाउने निर्णय भएका कारण जिल्ला अधिवेशन प्रभावित भएको कँडेलले बताए ।

कांग्रेस क्षेत्र नं.२ को मतपेटिका जिल्ला प्रहरी कार्यालय कावासोतीमा राखिएको छ । क्षेत्रीय सभापतिका प्रत्यासी दुवै जनाको पुनः मतगणना आज(शनिबार) ११ गते नेपाली कांग्रेस नवलपुरको कार्यालयमा गर्ने सहमति भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *