चितवनको पाँच पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व

डिसी नेपाल
१२ मंसिर २०७८ ९:१७

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पालिकाको प्रथम सम्मेलनले जिल्लाका पाँच पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका सात पालिकामध्ये भरतपुर महानगरपालिकासहित माडी, राप्ती, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको हो ।

कालिका र रत्ननगर नगरपालिकामा आज(आइतबार) नयाँ नेतृत्व चयन हुँदैछ । जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार भरतपुरमा ईश्वर सापकोटा, माडीमा प्रभूप्रसाद महतो, राप्तीमा रामचन्द्र पाठक, खैरहनीमा रामेश्वर पोखरेल र इच्छाकामनामा प्रताप गुरुङ अध्यक्ष पदमा सर्वसम्मत चयन भएका थिए ।

अध्यक्ष परियारका अनुसार पालिकामा सात सदस्यीय पदाधिकारी हुने व्यवस्था रहेको छ । पदाधिकारीसहित महानगरमा ९९, नगरपालिकामा ६५ र गाउँपालिाकामा ५५ जनाको समिति बन्ने व्यवस्था छ । सातै पालिकामा सम्मेलनको उद्घाटन शनिबार गरिएको थियो ।

साँझसम्ममा पाँच पालिकामा नयाँ नेतृत्व चयन भए पनि बाँकी दुई पालिकाको छलफल नसकिएकाले आइतबारका लागि सरेको छ । सबै पालिकाहरुमा सर्वसम्मत समिति बनेको हो ।

तत्कालीन समयमा नेकपा (एमाले)सँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि पहिलोपटक विधिवतरूपमा समिति बनाइएको हो । यसअघि पार्टीको जिल्लाका ९८ वडामा समिति चयन गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *