कास्की कांग्रेस सभापतिमा बराल विजयी

डिसी नेपाल
१२ मंसिर २०७८ ९:३७

कास्की । नेपाली कांग्रेस कास्कीको सभापति पदमा किशोरदत्त बराल विजयी भएका छन् । शनिबार सम्पन्न दोस्रो चरणका मतदानमा उनले सुदीपमोहन भट्टराईलाई पराजित गरेका हुन् ।

शुक्रबारको पहिलो चरणको मतदानमा सभापतिका प्रत्यासी पाँच मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि शनिबार पुनःनेताद्वय बराल र भट्टराईबीच पुनःमतदान भएको थियो । कांग्रेसको विधानअनुसार जिल्ला सभापति बन्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ ।

कांग्रेसको २ हजार ८८ मतदाता रहेकामा शनिबार १ हजार ९ सय २६ मत खसेको थियो । ती मध्ये बरालले ९ सय ९५ र भट्टराईले ९ सय १५ मत प्राप्त गरे ।

पहिलो चरणका निर्वाचनमा २ हजार २५ मत खसेको थियो भने ४७ मत भने बदर भएको थियो । उक्त चरणमा आइबहादुर गुरुङ, पोषनाथ शर्मा, गिरीराज गौतम पनि प्रत्यासी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *