कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक यादवको राजनीमा स्वीकृत, घिमिरे संयोजक तोकिए

डिसी नेपाल
१२ मंसिर २०७८ १२:४७

काठमाडौं।कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवको राजनीमा स्वीकृत भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार यादवले पदबाट दिएको राजीनामा स्वीकृत गरेका हुन् ।

केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनयन भएका छन् । घिमिरे समितिका वरिष्ठ सदस्य थिए ।संयोजक यादवले स्वास्थ्यको कारण देखाई एक महिनाअघि पदबाट राजीनामा दिएका थिए । कांग्रेस सभापति देउवाले केन्द्रीय निर्वाचन समितिको संयोजकमा रही हालसम्म काम गरेकामा धन्यवाद दिएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *