कांग्रेस काठमाडौंका सभापतिमा बानियाँ निर्वाचित

डिसी नेपाल
१३ मंसिर २०७८ ९:३२

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं सभापतिमा कृष्ण(सबुज) बानियाँ निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न जिल्ला अधिवेशनको आज(सोमबार) बिहान सम्पन्न मतगणनाअनुसार बानियाँले १९ सय ५७ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले १ हजार ८९ मत प्राप्त गरे । त्यस्तै, उपसभापतिमा राजकुमार नकर्मी(१८२९) र गोकर्ण केसी (१९२२), सचिवमा इन्द्रबहादुर थापा (१९१५) र गोविन्द पुडासैनी (१८१७) र सहसचिवमा रोमेल श्रेष्ठ (१७७५) र प्रा.डा.अमिता प्रधान (२०६६) मत ल्याई विजयी भएका छन् ।

सभापतिमा निर्वाचित बानियाँ यसअघि पनि काठमाडौं कांग्रेस सभापति थिए । कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौं हुने तय भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *