मोरङ कांग्रेस सभापतिका उम्मेदवारको पुगेन ५१ प्रतिशत, पुनःमतदान हुने

डिसी नेपाल
१३ मंसिर २०७८ ९:५५

मोरङ । नेपाली कांग्रेस मोरङ सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्याउन नसकेपछि पुनःमतदान हुने भएको छ । सभापति पदका लागि खसेको कूल ३ हजार ३ सय ६० मतमध्ये संस्थापन समूहका दिलीप गच्छदारले १ हजार १ सय ६६, संस्थापन इतरका डिगबहादुर लिम्बुले १ हजार ५ सय ४४ र सिटौला समूहका यदु विष्टले ५ सय ६३ मत पाएका थिए ।

कांग्रेसको विधानमा सभापति हुन खसेको मतको ५१ प्रतिशत मत आउनुपर्ने प्रावधान भएका कारण पहिलो चरणमा कोही पनि सभापति बन्न सकेनन् ।

तीनै जनाले खसेको मतको ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको चुनाव हुने अवस्था आएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताए । ‘उहाँहरू आफैँ सहमति गरेर आउनु भयो भने निर्वाचन गर्नु पर्दैन’, उनले भने, ‘नत्र फेरि निर्वाचनको मिति तय गरेर निर्वाचन गराउछौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *