मोरङ कांग्रेस सभापतिका उम्मेदवारको पुगेन ५१ प्रतिशत, पुनःमतदान हुने
मोरङ । नेपाली कांग्रेस मोरङ सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्याउन नसकेपछि पुनःमतदान हुने भएको छ । सभापति पदका लागि खसेको कूल ३ हजार ३ सय ६० मतमध्ये संस्थापन समूहका दिलीप गच्छदारले १ हजार १ सय ६६, संस्थापन इतरका डिगबहादुर लिम्बुले १ हजार ५ सय ४४ र सिटौला समूहका यदु विष्टले ५ सय ६३ मत पाएका थिए ।
कांग्रेसको विधानमा सभापति हुन खसेको मतको ५१ प्रतिशत मत आउनुपर्ने प्रावधान भएका कारण पहिलो चरणमा कोही पनि सभापति बन्न सकेनन् ।
तीनै जनाले खसेको मतको ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको चुनाव हुने अवस्था आएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताए । ‘उहाँहरू आफैँ सहमति गरेर आउनु भयो भने निर्वाचन गर्नु पर्दैन’, उनले भने, ‘नत्र फेरि निर्वाचनको मिति तय गरेर निर्वाचन गराउछौं ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment