धादिङ कांग्रेसको सभापतिमा अधिकारी निर्वाचित

डिसी नेपाल
१३ मंसिर २०७८ १०:३१

धादिङ । नेपाली कांग्रेस धादिङ जिल्ला कार्यसमितिको सभापति पदमा रामनाथ अधिकारी निर्वाचित भएका छन् ।कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनका निर्वाचनमा उनले १ हजार ८२ मत प्राप्त गरेका थिए ।

२ हजार २ सय क्षेत्रीय प्रतिनिधि मतदाता रहेकामा २ हजार १ सय ५६ ले मतदानमा भाग लिएका थिए । त्यसैगरी जिल्ला कार्यसमितिको उपसभापतिद्वयमा गेहेन्द्र मल्ल र दलबहादुर अधिकारी, सचिवद्वयमा विकास श्रेष्ठ र रामृष्ण पाण्डे, सह सचिवद्वयमा नवराज तिमल्सिना र विजयकुमार तामाङ निर्वाचित भएका छन् ।

जिल्ला कार्यसमितिका सदस्यमा अश्विन लम्साल, बाबुकृष्ण सापकोटा, राम्री नेपाली, गोविन्द कुँवर र विष्णुबहादुर नेपाली निर्वाचित भएका छन् । जिल्ला कार्यसमितिको अन्य सदस्यको मतगणना जारी छ ।

कांग्रेसको महासमिति सदस्यका लागि क्षेत्र नम्बर २ बाट दिलमान पाख्रिन, भीमप्रसाद ढुङ्गाना, रमेश धमला, रामनाथ अधिकारी, डा राजाराम कार्की, देवीकुमारी बुर्लाकोटी, कल्पना अधिकारी र राजन बुर्लाकोटी निर्वाचित भएका छन् ।

त्यसैगरी, क्षेत्र नम्बर १ को महासमिति सदस्यको निर्वाचन भएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *