एमाले महाधिवेशनः १६ मध्ये पाँच क्लस्टरबाट १९ केन्द्रीय सदस्य निर्विरोध

डिसी नेपाल
१३ मंसिर २०७८ १६:५७

चितवन। नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा पाँचवटा क्लस्टरका १९ जना नेता निर्विरोध केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको पहिलो सूचीअनुसार भूगोलबाहेकका १६ वटा क्लस्टरमध्ये पाँचवटा क्लस्टरबाट १९ जना निर्विरोध निर्वाचित भएका हुन्।

दलित महिला क्लस्टरबाट विष्णुमाया विक, रामरतिदेवी राम, शिवकुमारी गोतमे र सविता रसाइली निर्वाचित भएका छन् । मधेसी महिला क्लस्टरबाट कमलादेवी महता, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रीतादेवी शाह, शिला यादव र सरिताकुमारी गिरी (यादव) निर्वाचित भएका छन् ।

थारु महिला क्लस्टरबाट गंगा चौधरी सत्गौबा, सरस्वती चौधरी, मञ्जुकुमारी चौधरी केन्द्रीय सदस्य निर्वाचित भएका छन् । श्रमिक पुरुष क्लस्टरबाट विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा तथा श्रमिक महिला क्लस्टरबाट मञ्जुकुमारी थापा मगर र सीता लामा निर्विरोध निर्वाचित भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *