दोस्रोपटक संशोधन भयो निर्वाचन कार्यतालिका, मतदान राति २ बजे

डिसी नेपाल
१३ मंसिर २०७८ २३:२२

सौराहा । नेकपा एमालेको केन्द्रीय निर्वाचन समितिले दोस्रोपटक निर्वाचन कार्यतालिका संशोधन गरेको छ ।

दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनबाट नेतृत्व चयन गर्न आइतबारदेखि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको समितिले पहिलो दिन नै मनोनयन स्थगित गरेर कार्यतालिका संशोधन गरेको थियो । १२ बजे अन्तिम नामावली सार्वजनिक गरेर राति ९-३ बजेसम्म मतदान गर्ने तालिका बनाएको थियो ।

उक्त कार्यतालिका आज दोस्रो दिन सोमबार अबेर राति संशोधन भएको हो । उम्मेदवारीलाई साँघुरो बनाउन समय लागेकाले कार्यतालिका संशोधन भएको निर्वाचन समिति प्रमुख बिजय सुब्बाले जानकारी दिए ।

१२ बजे सार्वजनिक हुने भनिएको अन्तिम नामावली संशोधित कार्यतालिकाअनुसार सवा १० बजे सार्वजनिक गरेको छ । अब उम्मेदवारको संख्याअनुसार मेसिन सेट गरेर राति २ बजे विद्युतीय मतदान हुने कार्यतालिका तय भएको छ ।

एमाले केन्द्रीय कमिटीमा पदाधिकारीसहित १० पदमा १२ जनाको बागी उम्मेदवारी परेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *