मलाई केपी ओली मन पर्नुहुन्छ : रेखा थापा

डिसी नेपाल
१४ मंसिर २०७८ ६:०१
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा अभिनेत्री रेखा थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भिजन प्रति सहमति जनाएकी छिन् ।

न्युज कारखानासँग कुरा गर्दै अभिनेतृ थापाले ओलीको भिजन दूरगामी भएको बताएकी छन् । उमेर बढी भए पनि ओलीको सोच र दिमाग युवा पुस्ताको झै भएको बताएकी हुन् । उनले एमालेको १०औं महाधिवेशनमा ओलीले अवलम्बन गरेको नीति पनि आफूलाई मन परेको बताएकी छन् ।

‘म केपी ओलीको पार्टीको मान्छे होइन । उहाँसँग मेरो सिद्धान्त मिल्दैन । तर, उहाँको भिजन मनपर्छ । त्यसैले मलाई ओली मन पर्ने नेताभित्र पर्नुहुन्छ,’ उनले भनिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *