राप्रपाको महाधिवेशन : भृकुटीमण्डप सजिसजाउ (फाेटाेफिचर)
काठमाडाैं। राजासहित हिन्दु राष्ट्रकाे एजेन्डा बाेक्दै आएकाे राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन आज बुधबारदेखि सुरु हुँदैछ। भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुनेछ।
महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन्।
महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन भिड्दैछन्। तीन जना अध्यक्षमध्ये प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।
अध्यक्षत्रयमध्ये पशुपति शमसेर राणाले पनि निर्वाचन नलड्ने बताइसकेका छन्।




















No ads found for this position
प्रतिक्रिया


Facebook Comment