सुनचाँदीको मूल्य घट्यो

डिसी नेपाल
१५ मंसिर २०७८ १२:१८

काठमाडौं। आज छापावाल सुनको मूल्य प्रतितोला र ४०० ले घटेर रु ९१ हजार ५०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९१ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार तोकिएको छ । त्यसको मूल्य मङ्गलबार प्रतितोला ९१ हजार ४०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७९ डलर आसपास कारोबार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *