रुसले युक्रेनमाथि गम्भीर आरोप लगायो

डिसी नेपाल
१५ मंसिर २०७८ १५:२१

काठमाडौं। रुसले बुधबार युक्रेनमाथि निकै गम्भीर लगाएको छ । रुसको दावीअनुसार युक्रेनले आफ्ना आधा सैनिक वा कम्तीमा १ लाख २५ हजार सैनिक पूर्वी युक्रेनको डोनबासमा तैनाथ गरेको छ । डोनबार एक कन्फ्लििक्ट जोन अर्थात द्वन्द्वग्रस्त क्षेत्र हो । यहाँ युक्रेनको सरकार समर्थित बल र रुस समर्थिक पृथकतावादीहरुबीच २०१४ देखि नै संघर्ष चलिरहेको छ ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखरोभाले बुधबार मस्कोमा आयोजित एक पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएकी हुन् । रुसको यो गम्भीर आरोपबारे युक्रेनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । रुसले युक्रेनसँग बढ्दो तनावका कारण आफू चिन्तित भएको बताएको छ । पश्चिमी देशहरुले भने केही महिनायता रुसले युक्रेनमाथि नयाँ आक्रमण गर्न सक्ने आशंका गरिरहेका छन् ।

रुसले भने पश्चिमी देशहरुको यस्तो अनुमान र आशंकालाई खारेज गरेको छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखरोभाले युक्रेन र रुसमा शान्ति बहालीको लागि टर्कीका राष्ट्रपति रेचेत तैयप एर्दोगानको मध्यस्थताको प्रस्तावबारे कुरा गर्दै टर्कीका राष्ट्रपतिले यो प्रस्तावमा डोनबासमा जारी संघर्षको हवाला नदिएको बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *