राष्ट्रिय हितको मुद्दा सबै दल मिलेर अघि बढ्नुपर्छः प्रधानमन्त्री देउवा

डिसी नेपाल
१५ मंसिर २०७८ १६:१४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय हितका मुद्दामा सबै दल मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राष्ट्रिय हितका विषयमा सबै राजनीतिक दलहरु एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

तीन दलमा विभाजित राप्रपा एक भएर एकता महाधिवेशन गरेकोमा धन्यवाद दिएका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले थोरै दल हुनु पनि मुलुकका हित रहेको बताए ।

राप्रपाको महाधिवेशनलाई उनले सफलताको कामना पनि गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *