एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

डिसी नेपाल
१६ मंसिर २०७८ १०:५४

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज बिहीबार रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि शुक्रबार बुकक्लोज गर्दै छ । यसअनुसार बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

एभरेष्टले लाभांश वितरण गर्न १ पुसमा आफ्नो केन्द्रिय कार्यालय लाजिम्पाटमा २७औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सो सभा बिहान १० बजे सुरू हुनेछ । सभामा जुममार्फत सहभागी हुने सेयरधनीलाई मिटिङ आईडी र पासवर्डको व्यवस्था गरिएको छ।

सभामा हाल कायम चुक्ता पुँजीको छ प्रतिशतका दरले बोनस सेयर र सोमा लाग्ने करसहित गरी चार दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । बैंकको प्रबन्धपत्र संशोधन गर्ने लेखापरीक्षक नियुक्त गर्ने लगायतका विषयमा छलफल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *