किन जन्मिन्छन् जुम्ल्याहा बच्चा ? यस्तो छ कारण

डिसी नेपाल
१६ मंसिर २०७८ १२:२६

प्राय: महिलाहरुले एक पटकमा एउटा मात्र बच्चा जन्माउने गर्दछन् । तर, कहिलेकाहीँ एक पटकमा २ देखि ४ वा सोभन्दा बढी पनि बच्चा जन्माउने गरेको हामी सबैले देखेका वा सुनेका छौं । जुम्ल्याहा बच्चा जन्मिनु आमा र बुवाको उत्तिकै भूमिका रहेको हुन्छ । कतिपय महिलामा एउटा बच्चा पनि जन्माउने क्षमता हुँदैन भने कतिपय महिलाहरुमा भने एकभन्दा बढी बच्चा जन्माउने क्षमता हुने गर्दछ ।

जुम्ल्याहा बच्चा जन्माउने मुख्य कारण वंशाणुगत कारण पनि हो जुन पुस्तौँपुस्तासम्म चल्ने पनि गर्छ । खासगरी यो आमापट्टिको परिवारमा निर्भर गर्छ । दुई सय ५० जना गर्भवती महिलामध्ये एकमा जुम्ल्याहाको सम्भावना बढी हुने गरेको एक अनुसन्धानले देखाएको छ ।

इन विट्रो फर्टिलाइजेसनबाट पनि जुम्ल्याहा बच्चा हुने सम्भावना बढी हुन्छ । यस्तो प्रक्रियालाई नेपालमा टेस्टट्युब बेबी भन्ने पनि गरिन्छ । यो कृत्रिम प्रक्रिया हो । यो प्रक्रिया अपनाउँदा अन्डालाई बाहिर फर्टिलाइज गराएर पाठेघरमा राखिन्छ । खासगरी, गर्भ नरहने समस्या भएका महिलामा यो विधि अपनाइन्छ । यस विधिबाट बच्चा जन्माउँदा जुम्ल्याहा हुने बढी सम्भावना रहन्छ ।

एक अनुसन्धानका अनुसार बढी उमेरका स्त्रीहरुमा जुम्ल्याहा बच्चा हुने सम्भावना बढी हुने गर्दछ । किनभने, बढी उमेरका महिलामा एकभन्दा बढी डिम्बको निर्माण हुने गर्दछ । यो एउटा वंशाणुगत कारण पनि हो । यसरी जन्मिने जुम्ल्याहा बच्चा फरक–फरक रूप रङ भएका हुने गर्दछन् । यी बच्चाको आनुवंशिक संरचना पनि फरक–फरक हुन्छ । यसरी जन्मने बच्चा एउटा केटा र अर्को केटी हुने सम्भावना बढी हुन्छ । यी दुई कम र बढी उमेरका जस्ता देखिन्छन् ।

विभिन्न गर्भनिरोधक औषधि चक्की, सुई जस्ता गर्भ रहन नदिन औषधि प्रयोगले पनि जुम्ल्याहा बच्चा हुने सम्भावान बढी हुने गर्दछ । गर्भनिरोधक औषधिका कारण हर्मोनमा गडबडी हुने गर्छ । यसले गर्दा जुम्ल्याहा बच्चा जन्मिने सम्भावना रहन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *