टन्सिल सुन्निएकोले घाँटीमा अत्याधिक दुखाइ हुन्छ ? राहत पाउन अपनाउनुहोस् घरेलु उपाय

डिसी नेपाल
६ जेठ २०८१ १४:०५

काठमाडौं। टन्सिलाइटिस वा टन्सिल सुन्निने समस्या घाँटीको माथिल्लो भागमा रहेको टन्सिल नामको ग्रन्थी सुन्निने, तातो हुने समस्या हो। यो एक प्रकारको गला सुन्निने समस्या हो। यो रोग लागेको बेलामा घाँटी दुख्ने, ज्वरो आउने, टन्सिल बढ्दै जाने, निल्न गाह्रो हुने तथा घाँटी वरपरका लिम्फ नोडहरू बढ्ने जस्ता लक्षणहरू देखा पर्छन्। टन्सिलाइटिस बढ्दै गएमा टन्सिलबाट पिप निस्कने समस्या पनि हुने गर्दछ।

टन्सिलको समस्या सामान्य हो तर जब यो दीर्घकालीन हुन्छ तब मात्र उपचार शल्यक्रिया नै रहन्छ। शल्यक्रिया गर्नुपर्ने अवस्था आउनुअघि नै यसको उचित ख्याल राख्नुभयो र केही घरेलु उपचारको सहायताले घाँटीमा भएको टन्सिलको सुनिने कम गर्ने प्रयास गर्नुभयो भने धेरै राहत पाउन सकिन्छ।

टन्सिलको समस्या धेरैजसो भाइरल इन्फेक्सनका कारण हुने गर्छ । टन्सिलाइटिस जो कोहीलाई हुनसक्ने भएतापनि यो समस्या बालबालिकामा बढी देखिन्छ ।

टन्सिलका लागि घरेलु उपायः

तातो पानी पिउनुहोस्ः– सकेसम्म मनतातो वा तातो पानी पिउनुहोस्। यसका साथै सुप, चिया जस्ता तातो चिजको सेवन गर्नुपर्छ । अदुवाको चियामा मह मिसाएर पिउँदा आराम मिल्छ ।

चिसो खानेकुरा खाने र पिउनेः घाँटीमा अत्याधिक दुखाइ छ भने चिसो आइसक्रिम, जमेको दही, नरम खानेकुरा आदि सेवन गर्न सक्नुहुन्छ, जसले घाँटी सुन्निने समस्या कम महसुस गराउँछ र दुखाइ हुँदैन । तपाईंले पुदिना पेय वा स्मूदी पिउने हो भने पनि राहत पाउन सक्नुहुन्छ।

कडा चीजहरू नखानुहोस्ः यदि तपाइँ चिप्स, काँचो गाजर, फलफूल जस्ता कडा चीजहरू खानुहुन्छ भने, घाँटी दुखाइ बढ्न सक्छ, त्यसैले यस्ता चीजहरूबाट टाढा रहनुहोस्।

नुन पानीले कुल्ला गर्नुहोस्ः दुखाईबाट तुरुन्तै राहत चाहनुहुन्छ भने मनतातो पानीमा नुन मिसाएर कुल्ला गर्नुहोस् । यसो गर्नाले टन्सिल सुन्निेबाट आराम मिल्छ।

डाक्टरसँग सम्पर्क गर्नुहोस्स् यत्तिको बावजुद पनि राहत नपाएमा डाक्टरसँग सम्पर्क गरी आवश्यक परीक्षण गराउनुहोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *