सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेल सम्मानित

डिसी नेपाल
१२ जेठ २०८१ २३:२२
36
Shares

काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई सशस्त्र प्रहरी बल नेपालले सम्मान गरेको छ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, वंशीराज दाहाललगायत वरिष्ठ अधिकृतहरूले पर्वतारोही पौडेललाई प्रधान कार्यालयमा सम्मान गरेका हुन्। सशस्त्र प्रहरी बल नेपालको इतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै उनले यही जेठ ७ गते सोमबार बिहान १०ः२० बजेको समयमा सगरमाथाको सफल आरोहण गरेका थिए।

सशस्त्र प्रहरी निरीक्षक पौडेलको सम्मानमा आयोजित कार्यक्रममा महानिरीक्षक अर्यालले जस्तोसुकै चुनौती सहेर आरोहण गर्न सक्छन् भन्ने विश्वास लिएर पौडेललाई सगरमाथा आरोहण गर्न पठाइएको स्मरण गर्दै भने, ‘यो सगरमाथा आरोहण मात्र होइन, सीमा सुरक्षाको जिम्मेवारी पाएको सङ्गठनका लागि सीमा अनुगमन पनि हो।’ उनले आरोहण सफलताका लागि योगदान पुर्याएका मिङ्मा डेबिड शेर्पालाई मायाको चिनो प्रदान गरे।

सो अवसरमा सशस्त्र प्रहरी निरीक्षक पौडेलले सगरमाथाको शिखरमा फहराएको संगठनको झण्डा महानिरीक्षक अर्याललाई हस्तान्तरण गरे। साथै उनले सगरमाथा आरोहणको अनुभवसमेत सुनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *