ओमिक्रोनको विशेष संकेतबाट दक्षिण अफ्रिकी वैज्ञानिक चिन्तित, नयाँ चेतावनी जारी गरे
काठमाडौं। कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको त्रास विश्वभरी फैलिएको छ । यो भेरिएन्टको पहिचान सबैभन्दा पहिले दक्षिण अफ्रिकी वैज्ञानिकले गरेका थिए र विश्व स्वास्थ्य संगठनलाई यसको गम्भीरताको जानकारी दिएका थिए । वैज्ञानिकहरु यो नयाँ भेरिएन्टको बारेमा थप जानकारी जुटाउने काममा जुटेका छन् । वैज्ञानिकहरुले ओमिक्रेनको विषयमा नयाँ चेतावनी जारी गरेका छन् ।
दक्षिण अफ्रिकाका प्रमुख वैज्ञानिकहरुका अनुसार अहिले ओमिक्रोन भेरिएन्ट केवल हल्का बिरामीको कारक बन्छ भन्नु हतार हुनेछ । बुधबार एक प्रस्तुतीकरणमा वैज्ञानिकहरुले कोरोना भाइरस स्ट्रेनको सही प्रभाव के पर्नेवाला छ भन्ने अहिले नै निर्धारित गर्नु हतार हुने बताए किनकि यो नयाँ भेरिएन्टले सबेभन्दा धेरै युवाहरुलाई संक्रमित पारेको छ जसमा रोगसँग लड्ने क्षमता धेरै हुन्छ । यस्ता मानिसहरु भाइरसबाट संक्रमित भएको केही दिनपछि मात्र बिरामी भइरहेका छन् ।
नेशनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिजका अनुसार दक्षिण अफ्रिकामा कोरोनाभाइरस संक्रमणका केस अहिले दोब्बर मात्रामा भेटिइरहेका छन् । ओमिक्रोन स्ट्रेन अब यहाँ पूरै फैलिइसकेको छ । आफ्नो प्रस्तुतीकरणमा एनआइसीडीका प्रमुख मिशेल ग्रुमले भने ‘पछिल्लो संक्रमण धेरैजसो युवाहरुमा भइरहेको छ तर हामी देखिरहेका छौं कि यो पाकातर्फ पनि बढिरहेको छ । हामी यो सम्भावनालाई पनि लिएर बढिरहेका छौं कि धेरैजसो गम्भीर समस्या संक्रमणको केही हप्तापछि मात्रै देखिइरहेका छन् ।
क्रिस्प जिनोमिक्स इनिस्टच्युटका संक्रामक रोग विशेषज्ञ रिचर्ड लेसेल्सका अनुसार यो भाइरस र भेरिएन्ट पूरै क्षमताले मानव वस्तीमा फैलियो भने यसले ती व्यक्तिहरुलाई खोज्नेछ जसले खोप लगाएका छैनन् । यही कुराले वैज्ञानिकहरुलाई अफ्रिका महादेशको बारेमा चिन्तित बनाइरहेको छ । पश्चिमी देशहरु र चीनको तुलनामा दक्षिण अफ्रिकामा खोप दर निकै कम छ । १.३ अर्ब मानिसहरु भएको अफ्रिका महादेशमा केवल ६.७ प्रतिशत मानिसहरुलाई मात्र पूरा डोज खोप लगाइएको छ । कंगोमा १०० मिलियन जनसंख्यामा केवल ०.१ प्रतिशत जनतालाई खोप लगाइएको छ ।







डिसी नेपाल







Facebook Comment