रुसमाथि ठूलो प्रतिबन्ध लगाउने तयारी भइरहेको अमेरिकी विदेशमन्त्रीको खुलासा

डिसी नेपाल
१६ मंसिर २०७८ १५:५४
740
Shares

काठमाडौं। अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिंकेनले बुधबार युक्रेनमाथि रुसले आक्रमण गर्न सक्ने खतरालाई दृष्टिगत गर्दै अमेरिकाले ठूला आर्थिक प्रतिबन्ध लगाउने तयारी गरिरहेको बताएका छन् । एन्टोनी ब्लिंकेनको यो बयान लात्भियाको राजधानी रिगामा नेटो गठबन्धनका विदेशमन्त्रीहरुको बैठकपछि आएको हो ।

रुसले युक्रेनको सीमामा भारी संख्यामा आफ्ना सैनिक तैनाथ गरेको बेला नेटो विदेश मन्त्रीको बैठक भएको हो । नेटोका सदस्य देश रुसको उद्देश्य बुझ्नको लागि यो बैठक गर्दैछन् । ब्लिंकेनले भने ‘हामीले क्रेमलिन (रुसको सरकार) लाई स्पष्ट गरिदिएका छौं कि हामी कडाइका साथ जवाफ दिनेछौं । यसमा ठूलो असर पार्ने आथिृक कदम पनि छन् जसलाई विगतमा हामीले उठाएका थिएनौं ।’

उनले अमेरिकाले लगाउन सक्ने प्रतिबन्धको बारेमा रुसलाई पहिले नै बताउन चाहेको बताएका छन् । यसका अलावा अमेरिकी अधिकारीहरुले युक्रेनलाई मौजुदा अवस्थामा रुससँग आफ्नो सम्बनधलाई लियर संयम कायम गर्न आग्रह गरेका छन् । अमेरिकी विदेश मन्त्रीले भने ‘युक्रेनको सम्प्रभुता र उसको अखण्डता कायम राख्नको लागि संयुत्तः राज्य अमेरिका आफ्नो समर्थनमा अडिग छ र युक्रेनसँग सुरक्षा साझेदारीमा प्रतिबद्ध छ । हामी युक्रेनलाई पनि संयम राख्न आग्रह गर्छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *