कोरोनाको ओमिक्रोन भेरिएन्ट भारत आइपुग्यो, अहिलेसम्म २९ देशमा पुष्टि
काठमाडौं। कोरोनाभाइरसको नयाँ ओमिक्रोन भेरिएन्ट भारतसम्म आइपुगेको छ । यससँगै अहिलेसम्म यो भेरिएन्ट २९ देशमा पुष्टि भएको छ । भारतमा यो भेरिएन्ट २ जना बिरामीमा भेटिएको हो । यी दुवै बिरामीहरु कर्नाटकका हुन् । भारत सरकारको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको हो ।
विश्व स्वास्थ्य संगठनको हवाला दिँदै स्वास्थ्य मन्त्रालयले कोरोनाको ओमिक्रेन भेरिएन्ट डेल्ट भेरिएन्टभन्दा ५ गुणा खतरनाक भएको र अरु भेरिएन्टभन्दा तीब्र रुपमा फैलिने बताएको छ । अहिलेसम्म २९ देशमा यो भेरिएन्टबाट संक्रमित बिरामीको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई भेरिएन्ट अफ कन्सर्न भनेको छ । सबैभन्दा पहिले यो भेरिएन्टको पहिचान दक्षिण अफ्रिकामा गरिएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment