सुदूरपश्चिममा १९ जनामा सङ्क्रमण पुष्टि

डिसी नेपाल
१७ मंसिर २०७८ १७:३३

काठमाडौं।सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ८३९ जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआरमार्फत १४ र एन्टीजेन विधिमार्फत पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआरबाट सेती प्रादेशिक अस्पतालमा आठ र महाकाली अस्पतालमा छ जनामा पुष्टि भएको छ । यस्तै एन्टीजेन विधिमार्फत कञ्चनपुरका तीन र बैतडीका दुई जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण मृत्यु भएको छैन् । यसअघि बिहीबार यस प्रदेशमा आठ जनामा सङ्क्रमण पुष्टि हुँदा ११ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०९ जनाको ज्यान गइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *