पाकिस्तानमा आफ्ना नागरिकलाई जलाइएपछि श्रीलंकाले के भन्यो ?

डिसी नेपाल
१८ मंसिर २०७८ ११:२७

काठमाडौं। पाकिस्तानको सियालकोटमा ईशनिन्दाको आरोपमा श्रीलंकाका नागरिकको कुटेर हत्या गरिएपछि विश्व स्तब्ध भएको छ । श्रीलंकाले यो घटनाप्रति आक्रोश, आश्चर्य, चिन्ता र दुःख व्यक्त गरेको छ । श्रीलंकाका क्याबिनेट मन्त्रीनमल राजापाक्षेले दंगाइ भीडको यो कर्तुत बुझाइभन्दा बाहिर रहेको बताएका छन् । उनले यदि चरमपन्थीहरुमाथि नियन्त्रण गरिएन भने यस्तो घटनाको शिकार जो कोही पनि हुन सक्ने बताएका छन् ।

यो घटनाप्रति प्रतिक्रिया दिँदै श्रीलंकाका युवा मामिला सम्बन्धी मन्त्री राजापाक्षेले भने ‘पाकिस्तानमा चरमपन्थी भीडले प्रियंथा दियावडानाको निर्मम हत्या बुझाइभन्दा काहिर छ । यद्यपि मलाई प्रधानमन्त्री इमरान खानको प्रतिबद्धतामा विश्वास छ जसले जिम्मेवारहरुलाई न्यायको कठघरामा ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।’ उनले चरमपन्थी भिडलाई यसैगरी स्वतन्त्र छोडियो र आफ्नो मनमर्जी गर्ने अनुमति दिइयो भने यस्तो घटनाको शिकार जो कोही पनि हुन सक्ने बताए ।

शुक्रबार भएको यो घटनाप्रति प्रतिक्रिया दिँदै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भनेका थिए ‘सियालकोटमा फ्याक्ट्रीमा भीषण आक्रमण र श्रीलंकाली म्यानेजरलाई जिउँदै जलाइनु पाकिस्तानको लागि लज्जाको दिन हो । मैले यो घटनाको जाँचको निगरानी गरिरहेको छु र कुनै गल्ती हुन दिने छेन । सबै जिम्मेवारहरुलाई कानुनअनुसार पूरै कडाइका साथ सजाय दिइनेछ । यो घटनाका सम्बन्धमा गिरफ्तारी भइरहेका छन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *