पहिलो बलमै बोल्ड भएका ब्याटरले रिभ्यू मागेपछि …
काठमाडौं। भारत र न्यूजिल्याण्डबीच जारी दोस्रो टेस्टमा न्यूजिल्याण्डका स्पिनर एजाज पटेलले भारतीय टिमका शीर्ष ६ जना ब्याटरलाई आउट गरे । यस क्रममा एजाज पटेलले छैटौं शिकारको रुपमा भारतका रविचन्द्रन अश्विनलाई बोल्ड गरे । उनले अश्विनलाई यसरी आउट गरे कि भारतीय ब्याटरले आफूसँग के भइरहेको छ भन्ने समेत पत्तो पाउन सकेनन् ।
This is brilliant stuff.
Got ‘em! ? #INDvNZ #Ashwin pic.twitter.com/MDQfvxjsgB— Jason Tan (@JSLTan) December 4, 2021
अश्विन ब्याटिङ गर्न आएपछि पहिलो बलमै क्लिन बोल्ड भए । तर, अश्विनले आफू बोल्ड भएको थाहै पाएनन् । उनलाई विकेटकिपरले क्याच अलि गरेजस्तो लाग्यो । बलमा ब्याट नलागेको थाहा भएका अश्विनले तत्कालै रिभ्यू मागे । उनले पछाडि रहेरी डिआरएस मागेका थिए । त्यसपछि पछाडि फर्केर हेर्दा उनले स्टम्प उडिसकेको देखे ।







डिसी नेपाल







Facebook Comment