‘अमेरिकाको लोकतन्त्र जराबिनाको रुख’

डिसी नेपाल
१८ मंसिर २०७८ १२:२८

काठमाडौं। चीनको विदेश मन्त्रालयले शुक्रबार अमेरिकाको लोकतन्त्रबाट टिप्पणी गर्दै अमेरिकाको लोकतन्त्र लामो समयदेखि कुनै स्रोत नभएको नदी भएको बताएको छ । उसले अमेरिकाको लोकतन्त्रलाई यस्तो रुख भनेको छ जसको कुनै जरा छैन ।

चीनको विदेश मन्त्रालयका प्रवक्ताले हार्वर्ड केनेडी स्कुलको त्यो सर्वेक्षणमाथि प्रतिक्रिया दिएका हुन् जसमा भनिएको छ कि अमेरिकामा युवाहरुका लोकतन्त्रलाई लिएर भरोसा कम भएको छ ।

चीनको सरकारी टिभी सीजीटिएनका अनुसार सर्वेक्षणमा केवल ७ प्रतिशत अमेरिकी युवाहरुले मात्रै अमेरिकामा स्वस्थ लोकतन्त्र भएको मान्ने बताएका छन् । सर्वेक्षणमा ५२ प्रतिशतले अमेरिकी लोकतन्त्र समस्या ग्रस्त भएको वा तलतिर गइरहेको बताएका छन् ।

चीनको विदेश मन्त्रालयले अमेरिकाको लोकतन्त्र देशभित्र जनतालाई मुर्ख बनाउनको लागि भएको र विदेशमा अधिनायकवाद स्थापित गर्नका लागि भएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *