गुडिरहेको बसमा अज्ञात बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा ३१ जनाको मृत्यु

डिसी नेपाल
१८ मंसिर २०७८ १२:४२

काठमाडौं। मालीमा अज्ञात बन्दुकधारीले गुडिरहेको बसमा आक्रमण गर्दा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार सर्वसाधारणलाई लिएर स्थानीइ बजारमा जाँदै गरेको बसमा आक्रमण भएको हो । बीबीसीका अनुसार अज्ञात बन्दुकधारीले सुरुमा बसका ड्राइभरलाई गोली हानेर मारेका थिए । त्यसपछि बसमा आगो लगाइएको थियो ।

मारिएका धेरैजसो महिलाहरु भएको बताइएको छ । स्थानीय स्रोतले इएफइ समाचार एजेन्सीलाई बताएअनुसार ती महिलाहरु स्थानीय बजारमा कामको लागि जाँदै थिए । नजिकैको सहर बानकासका मेयर मोउलाए गुइन्डोले रोयटर्ससँग कुरा गर्दै सशस्त्र बन्दुकधारीहरुले गाडीमा गोली हानेर टायर पन्चर गराएपछि यात्रुहरुलाई गोली हानेका थिए । उनका अनुसार अरु कैयौं मानिसहरु केही हराइरहेका र केही घाइते छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *