बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी

डिसी नेपाल
१९ मंसिर २०७८ २२:०८

काठमाडौं ।नेपाली कांग्रेस बागमती प्रदेश महाधिवेशनअन्तर्गत संस्थापन पक्षीय उम्मेदवार इन्द्र बानियाँ सभापतिमा जित हात पारेका छन् ।

२०२६ मत खसेकोमा १३ मत बदर भएको छ । बानियाँले १०२४ ​मत ल्याएका छन् । जगदीश्वर नरसिंह केसी भने ९२७ मतका प्राप्त गरेका छन् ।

शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए । उनीहरू मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुनः मतदान भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *