देउवाले अमेरिका बस्ने कांग्रेस कार्यकर्तालाई भने-आपसमा तिक्तता नराख्नू

डिसी नेपाल
१९ मंसिर २०७८ २२:२४

वासिंगटन डिसी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वसम्मतिले नेतृत्व चयन गर्न अमेरिकावासी नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनको डिसेम्बर ५ तारिक अमेरिकी समयअनुसार विहान उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री देउवाले भर्चअल माध्यमबाट आमेरिकावासी कांग्रेस कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने, सहमती गरेरै अवको नेतृत्व छान्नुहोस्,महाधिवेशन प्रतिनिधि छान्नुहोस् । सहमती हुंदै भएन भनेमा निर्वाचन प्रक्रियाबाट छान्नुहोस् ।

उनले उद्घाटन गर्नुअघि नै अमेरिकाको जनसम्पर्क समिति अधिवेशन अत्यन्त विवादमा परेको थियो । विगत सात बर्षदेखि एकलौटीरुपमा जनसम्पर्क समिति हत्याएको आरोप खेपेका अमेरिकाका सभापति आनन्द विष्टले आफूसंग असहमती राख्नेहरुलाई पेल्दै आएको आरोप पनि लाग्दै आएको छ ।

५ तारिक हुने अधिवेशनको ४ तारिकमात्र सूचना जारी गरेको र नेतृत्व निर्वाचन तथा महाधिवेशन प्रतिनिधि छनौटको प्रक्रिया कुनै उल्लेख नगरिएकोमा असन्तुष्टि जनाउंदै अमेरिकावासी कांग्रेस कार्यकर्ताहरुको बहुमत सदस्यहरुका तर्फबाट भन्दै डिसेम्बर ४ तारिक सांझ यो अधिवेशन स्थगित गर्न आह्वान गरिएको थियो ।

यसबारे प्रधानमन्त्री देउवालाई समेत इमलेमार्फत पत्र पठाइएको भए पनि त्यो आग्रहलाई देउवाले वास्ता गरेनन् र उनले नै कार्यक्रम उद्घाटन गरेका थिए । उद्घाटनका बेला सहमती हुन नसके चुनाव गर्नु तर आपसमा तिक्तता र मलोमानिन्य नआओस् भन्नेतर्फ ध्यान दिनू भन्ने निर्देशन दिएका थिए । कार्यक्रम समितिका अमेरिका सभापति आनन्द विष्टको सभापतित्वमा भएको थियो ।

प्रधानमन्त्री देउवालाई कार्यक्रममा स्वागत गर्दै जनसम्पर्क समितिको तर्फबाट पार्टीको आगामी महाधिवेशनमा सभापति पदमा देउवालाई जित्नका लागि शुभकामना पनि विष्टले दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *