कांग्रेस प्रदेश १ सभापतिमा उद्वव थापा विजयी, घिमिरे दुई मतले हारे 

डिसी नेपाल
२० मंसिर २०७८ ६:३८

विरानगर। नेपाली कांग्रेस प्रदेश १ सभापतिमा उद्वव थापा विजयी भएका छन्। संस्थापन पक्षका थापाले पौडेल-कोइराला पक्षका गुरुराज घिमिरेलाई दुई मतले हराएका हुन्।

सोमबार बिहान सार्वजनिक मतपरीणाम अनुसार थापाले ८ सय ४४ मत पाउँदा घिमिरेले ८ सय ४२ मतमा चित्त बुझाए।  अन्य पदाधिकारीमा पनि संस्थापन पक्षकाे वर्चस्व छ।

उपसभापतिमा रमेशजंग रायमाझी (८९०) र टंक प्रसाद राई (८४७)  मतसहित विजयी भएका छन्। त्यस्तै महामन्त्रीमा भुपेन्द्र राई (८२४) र उमेश थापा (८२३) मत ल्याएर निर्वाचित भएका छन् । सहमहामन्त्री महिलातर्फ प्रमिला गच्छदार ८३७ मत ल्याएर विजयी भएकी छिन्।

सहमहामन्त्री खुल्लातर्फ सर्वाधिक मतसहित खड्ग फागो विजयी भएका छ्न्। उनले १ हजार २६ मत प्राप्त गरेका छ्न् । सहमहामन्त्रीमा विनोदकुमार बस्नेत पनि ७ सय ४७ मत प्राप्त गरी विजयी बने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *