बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पक्राउ

डिसी नेपाल
२० मंसिर २०७८ ७:३२

काठमाडौं। शोको लागि दुबइ जान लागेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पक्राउ परेकी छिन् । ज्याकलिनविरुद्ध प्रवर्तत निर्देशनालय (इडी)ले लुकआउट नोटिस जारी गरेपछि उनलाई पक्राउ गरिएको थियो । यद्यपि उनलाई विदेश जान रोकिएको भए पनि पक्राउ गरेको केही समयपछि छोडिएको छ । उनी दुबइ जान पाउने छैनन् तर अहिले हिरासतमा पनि छैनन् ।

ज्याकलिनलाई दिल्लीमा इडीसमक्ष सोधपुछका लागि उपस्थित हुन सूचित गरिएको छ । इडीले उनीविरुद्ध छिटै नयाँ समन जारी गर्नेछ । ज्याकलिनविरुद्ध यो लुकआउट नोडिस मनी लन्ड्रिङ केसमा जारी गरिएको हो । उनीसँग केही महिना पहिले दिल्लीमा इडीका अधिकारीले सोधपुछ पनि गरेका थिए । इडीले २०० करोडको लेनदेनमा सुकेश चन्द्रशेखरसहित अन्यविरुद्ध चार्जशीट दायर गरेको छ । अनुसन्धानमा सुकेश र ज्याकलिनबीच पैसा लेनदेनको प्रमाण भेटिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *