कांग्रेस गण्डकी प्रदेशमा सहमहामन्त्रीसहित लमजुङका पाँच जना निर्वाचित

डिसी नेपाल
२० मंसिर २०७८ ७:३८

लमजुङ। नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति पदाधिकारीमा सहमहामन्त्रीसहित पाँच पदमा लमजुङबाट निर्वाचित भएका छन्। लमजुङका रमेशकुमार पाण्डे ६१८ मत ल्याएर निर्वाचित भएका हुन्। सदस्यमा लमजुङका चार जना निर्वाचित भएका छन्। भुगोलतर्फ दुई जना, खुल्ला र खसआर्य महिला तर्फ एक/एक जना निर्वाचित भएका हुन्।

कांग्रेसको विधान अनुसार एक महिलासहित अनिवार्य दुई जना सदस्य निर्वाचित हुने भुगोलतर्फ जिल्लाका महाधिवेशन प्रतिनिधि हरि बराल र छुपीमाया गुरुङ निर्वाचित भएका हुन् । निर्वाचन मतपरिणाम अनुसार जिल्लाबाट पुरुषतर्फ बराल र जिवनकुमार श्रेष्ठबीच चुनावी प्रतिष्पर्धा भएकोमा बरालले पाँच सय ५९ मत प्राप्त गरेका छन् भने श्रेष्ठले चार सय ६३ मत पाएका छन् ।

विधान अनुसार प्रदेश कार्यसमितिमा आठ जना रहने खुल्ला सदस्यतर्फ लमजुङका दिपेश गौतम निर्वाचित भएका छन् । प्रदेश कार्यसमितिका लागि खसआर्य महिलातर्फ उम्मेदारी दिएका लमजुङका विष्णुमाया धिताल र सुस्मीता थापा अधिकारीमध्ये धिताल निर्वाचित भएकी छन् ।

प्रदेश कार्यसमितिका लागि आदिवासी जनजाती खुल्लातर्फ लमजुङका बद्रीमान श्रेष्ठ पाँच सय मत प्राप्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *