बैतडीमा जिप दुर्घटना, नव विवाहित जोडीको मृत्यु

डिसी नेपाल
२० मंसिर २०७८ १९:४१

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएकाछन् ।

पाटनबाट सकारका लागि हिँडेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार खोलामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा केही समय अघि मात्रै बिहे गरेका नव विवाहित जोडी भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा २४ वर्षीय प्रेम चुनारा र २० वर्षीय मनीषा बिक रहेको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । घाइते ६ जनाको परिचय खुल्न बाँकी रहेको छ । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख राजेश शाहीले बताए । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटन ल्याउन लागेको उनले बताए ।

दुर्घटना साँझ साढे ५ बजेतिर भएको बताइएको छ । जिप ग्रामीण कच्ची सडकमा दुर्घटना भएको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *