सचिन तेन्दुलकरकी छोरी साराको मोडलिङमा डेब्यू
काठमाडौं। क्रिकेटर सचिन तेन्दुलकरकी छोरी साराले मोडलिङमा डेब्यू गरेकी छिन् । साराले आफ्नो इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छिन् जसमा उनी एउटा कम्पनीको विज्ञापनमा देखिएकी छिन् । साराले एक पहिरन ब्राण्डको लागि मोडलिङ गरेकी छिन् ।
साराले इन्स्टाग्राममा लगातार आफ्ना फोटो र भिडियो शेयर गरिरहन्छिन् । यही क्रममा उनले यो भिडियो पनि शेयर गरेकी हुन् । यो भिडियोमा साराको साथमा अन्य २ जना मोडल पनि छन् । कम्पनीले पनि सारालाई लञ्च गर्दै एक फोटो पोस्ट गरेको छ ।
हालै साराको एक स्पेसल डेट नाइट फोटो पनि भाइरल भएको थियो जहाँ उनी बलिउड अभिनेत्री कनिका कपूरसँग देखिएकी थिइन् । सारा धेरैजसो लण्डनमा बस्छिन् । हालै साराले परिवारसँग स्पेसल डिनर पनि गरेकी थिइन् । आमा अंजलीको जन्मदिनको दिन भएको डिनरको फोटो सचिन तेन्दुलकरले शेयर गरेका थिए ।
Facebook Comment