बिहेको मुखैमा विक्की कौशल र कट्रिना कैफविरुद्ध मुद्दा

डिसी नेपाल
२१ मंसिर २०७८ १४:०७

काठमाडौं। सवाइ माधोपुरको सिक्स सेंसेस बरवाडा फोर्ट होटलमा विक्की कौशल र कट्रिना कैफको बिहेको तयारी धुमधामसँग चलिरहेको छ । तर, सवाइ माधोपुरका एक वकिलले जिल्ला विधिक सेवा प्राधिकरण सवाइ माधोपुरमा कट्रिना कैफ, विक्की कौशल सहित होटल प्रबन्धनविरुद्ध मुद्दा दर्ता गरिदिएका छन् ।

यसमा नेत्रविन्द सिंह जादौनले चौथ माता मन्दिर एक ऐतिहासिक मन्दिर भएको र यहाँ दैनिक धेरै श्रद्धालुहरु दर्शन र आरती गर्न आउने बताउँदै चौथ माता मन्दिर जाने मुख्य बाटोलाई होटल सिक्स सेंसेसले ६ डिसेम्बरदेखि १२ डिसेम्बरसम्मका लागि बन्द गराएको र यसबाट यहाँ आउने श्रद्धालुहरुलाई समस्या भएको बताएका छन् । उनले यो बाटो सुचारु गराउन माग गरेका छन् । होटलले विक्की र कट्रिनाको बिहेका लागि यो बाटो बद्यन गराएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *