२७ औँ महानगर दिवस तीन दिन मनाउने

डिसी नेपाल
२१ मंसिर २०७८ २१:२९
16
Shares

काठमाडौं।काठमाडौँ महानगरपालिकाले आफ्नो २७ औँ महानगर दिवसमा ज्येष्ठ नागरिकलाई निःशुल्क निमोनियाको खोप लगाउने भएको छ । समारोहका संयोजक कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार समारोहमा ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाइ, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित यही मङ्सिर २७, २८ र २९ गते महानगर दिवस मनाउन लागिएको हो । सो अवसरमा ४० वटा बुथबाट सर्वेक्षण गरिनेछ । यसमा सहभागी हुनेलाई निःशुल्क १० वटा मास्क दिइनेछ । यसैगरी १० वटा बुथबाट कोभिडविरुद्धको खोप सञ्चालन गरिनेछ ।

कोरोनाको अवस्था हेरी सामान्य नै रहेमा दिवसको अन्तिम दिन १९ गते वसन्तपुरमा मूल समारोह आयोजना हुनेछ । त्यस दिन परम्परागत बाजा गुरु कलाकार सम्मान, सुशासन पत्रकारिता पुरस्कार तथा अन्य क्षेत्रगत पुरस्कार पनि वितरण गर्ने कार्यक्रम रहेको प्रमुख शाक्यले जानकारी दिए। कामपाले २०५२ साल मङ्सिर २९ गते काठमाडौँलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष सोही दिन महानगर दिवस मनाउँदै आएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *