लोपोन्मुख कसिमला पायँ प्रतियोगिता सुरु

डिसी नेपाल
२२ मंसिर २०७८ २१:५९

काठमाडौं ।भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत कसिमला पायँ र बुद्धिचाल प्रतियोगिता आजदेखि सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले यहाँका लोपोन्मुख स्थानीय मौलिक खेललाई जीवन्तता दिँदै त्यस्ता खेलको तालिम सञ्चालन गरी प्रतियोगिताहरु सञ्चालन गरेको बताए ।

उनले भक्तपुरको मौलिक परम्परा र संस्कृतिलाई मजबुत बनाएर नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्न विविध गतिविधि अगाडि सार्दै आएको चर्चा गरे । नगरपालिकाले बुद्धिचाल, टेबल टेनिस, भलिबल प्रयिोगितासमेत सुरु गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *