‘पत्रकारले स्वतन्त्र भएर कलम चलाउनुपर्छ’

डिसी नेपाल
२४ मंसिर २०७८ २१:२१
16
Shares

काठमाडौं ।नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले समाज रूपान्तरणका लागि सक्रिय भूमिका निर्वाह गर्ने राष्ट्र निर्माणका संवाहक पत्रकारले सधैँ स्वतन्त्र भएर कलम चलाउनुपर्ने बताएका छन्।

नेपाल प्रेस काउन्सिलको आयोजना र नेपाल पत्रकार महासङ्घ डोटीको संयोजनमा आज जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरिएको ‘पत्रकार आचार संहिता जागरण र मिडियाको जनगुनासो सुनुवाइ’ कार्यक्रममा उनले भने, “पत्रकार भनेको समाजको आँखा भएकाले समाचार लेख्दा होस् वा अन्य कुरा गर्दा होस्, पत्रकारले कहिले पनि कसैको मुखपत्र बन्नुहुँदैन ।”

अध्यक्ष बस्नेतले ‘स्वच्छ स्वच्छ, स्वतन्त्र एवं पत्रकारिता मैत्री’ प्रेस काउन्सिल भन्ने मूल नाराका साथ देशैभरका पत्रकारका लागि पत्रकार आचारसंहिता जागरण र मिडियाको जनगुनासो सुनुवाइ कार्यक्रमको थालनी गरिएको जानकारी दिए ।

निमित्त प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले समाचारमा भाषिक शुद्धीकरण नहुँदा अन्य अर्थ लाग्ने भएकाले पत्रकारलाई सही सूचना मात्रै सम्प्रेषण गर्न आग्रह गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *