नरेन्द्र मोदीको ट्वीटर अकाउन्ट ह्याक, ट्वीटरले जारी गर्यो यस्तो बयान
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर अकाउन्ट ह्याक भएको छ । यस विषयमा ट्वीटर कम्पनीले पनि एक बयान जारी गरेको छ । ट्वीटरले मोदीको अकाउन्ट ह्याक भएको जानकारी पाउनासाथ तत्काल सक्रिय भएको बताउँदै अहिलेसम्मको जाँचमा कुनै अन्य अकाउन्ट ह्याक भएको जानकारी प्राप्त नभएको बताएको छ ।
ट्वीटर भारतका प्रवक्ताले आफूहरुसँग प्रधानमन्त्री कार्यालयसँग संवादको लागि चौबिसै घण्टा लाइन खुला रहेको बताएका छन् । प्रवक्ताले ह्याकिङ गतिविधिबारे जानकारी प्राप्त हुनासाथ टिमले अकाउन्टलाई सुरक्षित बनाउनको लागि तत्काल आवश्यक कदम उठाएको बताएका छन् । सूत्रका अनुसार अहिलेसम्मको जाँचमा प्रधानमन्त्री मोदीको अकाउन्ट ह्याक ट्वीटरको आन्तरिक प्रणालीमा गडबडीका कारण नभएको स्पष्ट भएको छ ।
प्रधानमन्त्री मोदीको अकाउन्ट गएराती ह्याक भएको थियो । राती २ बजेर ११ मिनेटमा यो अकाउन्टबाट ट्वीट गरियो जसमा ‘भारतले आधिकारिक रुपमा बिट्क्वाइनलाई कानुनी मान्यता दिएको र सरकारले पनि ५०० बिटक्वाइन खरिद गरेर जनतालाई बाँड्न लागेको’ दावी गरिएको थियो । २ मिनेटमै यो ट्वीट डिलिट गरियो । त्यसपछि २ बजेर १४ मिनेटमा यस्तै किसिमको अर्को ट्वीट गरियो । केही समयमा त्यो ट्वीट पनि डिलिट गरियो । तर, त्यतिबेलासम्म ट्वीटका स्क्रिनसट भाइरल भइसकेका थिए ।







डिसी नेपाल







Facebook Comment