युक्रेनमाथि आक्रमण भए अमेरिकाले पूर्वी युरोपका ९ देशमा सेना पठाउने, युक्रेनमै नपठाउने

डिसी नेपाल
२६ मंसिर २०७८ १२:२४
3.3k
Shares

काठमाडौं। रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशंकाका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेना नेटोका सदस्य देशहरुमा पठाइने तर सेना युक्रेनमा नजाने बताएका छन् । युक्रेन नेटो संगठनको सदस्य देश होइन ।

संवाददाताहरुले बाइडेनसँग अन्ततः अमेरिकाले युक्रेनमा सेना पठाउने फैसला किन बदल्यो भनेर सोधेका थिए । जवाफमा अमेरिकी राष्ट्रपति बाइडेनले भने ‘यो कहिल्यै पनि हाम्रो योजनाको हिस्सा थिएन ।’ बाइडेनले पत्रकारहरुसँग कुरा गर्दै आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भिडियो कन्फरेन्समा युक्रेनमाथि रुसले आक्रमण गरेमा अमेरिकाले ९ देशमा सेना पठाउँछ भनेको बताए ।

बाइडेनका अनुसार युक्रेनमाथि आक्रमणको स्थितिमा अमेरिकाले ९ देशहरु बुल्गेरिया, हंगेरी, लातभिया, लिथुआनिया, पोल्याण्ड, रोमानिया, स्लोभाकिया र चेक रिपब्लिकमा आफ्नो सेना पठाउनेछ । बाइडेनले भने ‘हामीलाई यदि जरुरी लाग्यो भने हामी अझै धेरै अमेरिकी र नेटो सैनिक पठाउनेछौं । यी देश नेटोका सदस्य हुन् र रुसको कुनै पनि आक्रमणबाट उनीहरुको बचाउ गर्नु हाम्रो दायित्व हो ।’

यद्यपि बाइडेनले अमेरिकाले युक्रेनका जनताको रक्षा क्षमतामा भने सहयोग गरिरहने बताए । बाइडेनले भने ‘मैले राष्ट्रपति पुटिनलाई स्पष्ट पारिदिएको छु कि यदि उनले युक्रेनमाथि आक्रमण गर्छन् भने उनको अर्थव्यवस्थाको लागि आर्थिक परिणाम विनाशकारी हुनेछन् । यसबाट रुस र उसको व्यवहारलाई लिएर विश्वको दृष्टिकोण बदलिनेछ र यसको भयानक मूल्य रुसले चुकाउनुपर्नेछ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *