जनरल बिपिन रावतले मृत्युभन्दा ठिक अघि दिएको सन्देश सार्वजनिक गरियो

डिसी नेपाल
२६ मंसिर २०७८ १२:४२
22.9k
Shares

काठमाडौं। भारतमा आजदेखि मनाइँदै गरिएको दुई दिवसीय ‘स्वर्णीम विजय पर्व’को अवसरमा दिवंगत चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको रेकर्डेड सन्देश जारी गरिएको छ । यो सन्देशलाई हेलिकप्टर दुर्घटना भन्दा ठिक पहिले ७ डिसेम्बरमा रेकर्ड गरिएको थियो ।

एक मिनेट १० सेकेण्डको यो भिडियो सन्देशमा सीडीएस जनरल रावतले सेनाको साहसको प्रशंशा र विजय पर्वको शुभकामना दिएका छन् । यो सन्देशलाई आज पाकिस्तानसँग १९७१ को युद्धको ५० वर्ष पूरा भएको अवरमा मनाइएको विजय पर्व कार्यक्रममा देखाइयो ।

सन्देशमा जनरल रावतले भनेका छन् ‘स्वर्णीम विजयपर्वको अवसरमा म भारतीय सेनाका सबै जवानहरुलाई हार्दिक शुभकामना दिन्छु । भारतीय सेनाको १९७१ को लडाइँमा जितको ५० औं वार्षिकोत्सवलाई हामीले विजय पर्वको रुपमा मनाइरहेका छौं । म यो पावन पर्वमा सशस्त्र सेनाहरुका भीर जवानहरुलाई स्मरण गर्दै उनीहरुको बलिदानलाई श्रद्धाञ्जली अर्पण गर्छु ।’

१२ देखि १४ डिसेम्बरसम्म दिल्लीको इण्डिया गेटमा विभिन्न प्रकारका कार्यक्रममहरुको आयोजना गरिएको छ । यो ठूलो सौभाग्यको कुरा हो कि विजय पर्व अमर जवान ज्योतिको ज्वालाको छायाँमा आयोजना गरिएको छ जो हाम्रा वीर शहीदहरुको स्मृतिमा स्थापित गरिएको थियो । हामी सबै देशवासीहरुलाई यो विजय पर्वमा सहभागी हुनको लागि आमन्त्रित गर्छौं । आफ्ना सेनामा छ हामीलाई गर्व, आउ मिलेर मनाउँ विजय पर्व । जय हिंद ।’

८ डिसेम्बरमा तमिलनाडुको कुन्नुरमा भएको हेलिकप्टर दुर्घटनामा जनरल बिपिन रावत समेत १३ जनाको मृत्यु भएको थियो । यो दुर्घटनामा उनकी पत्नी मधुलिका रावतको पनि मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *