निर्वाचनमा हारेपछि दलितलाई कुटेको भिडियो भाइरल
नयाँ दिल्ली । भारतमा पंचायतको निर्वाचनमा पराजित भएपछि एक स्थानीय नेताले दुई जना दलितलाई निर्घातपूर्ण रुपमा कुटेका छन् । दतिलकै कारण आफू पराजित भएको भन्दै पन्चायतको प्रमुखका उम्मेदवार बलवान्त सिंहले दलितलाई निर्धात कुटेका हुन् । दलितहरुले आफूलाई मतदान नगरेको उनले आरोप लगाएका छन् ।
बिहार के औरंगाबाद जिले के सिंघना गांव में मुखिया के चुनाव में वोट नहीं देने के कारण बलवंत सिंह ने दलित वोटरों से थूक चटवाया और कान पकड़ कर उठक-बैठक लगवाई! देश आज़ाद होने के 75 साल बाद भी सवर्ण अब भी दलितों को अपना गुलाम समझते है। और थूक चटवाकर दलितों को उनकी औकात दिखा रहे है! pic.twitter.com/ixU2WLDp3m
— Susheel shinde (@Shinde_Voice) December 13, 2021
दुबै जना दलितहरुले मदिरा सेवन गरेर मतदानस्थलमा मतदाता भड्काएको उनले आरोप लगाएका छन् । सिंहले दलितलाई कुटेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ । भाइरल भिडियोमा सिंहले दुई जना कथित दलित समुदायका व्यक्तिकाे गर्धन समाएर सडकमा लक्षारपछार गरेको देखिन्छन् ।
घटनापछि सिंहलाई प्रहरीले पक्राउ गरेको छ । दलितलाई उनले दुर्व्यवहार गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।







डिसी नेपाल







Facebook Comment