दर्जनाैं महिलामाथि चिकित्सकको बलात्कार: अमेरिकी इतिहासमै अहिलेसम्कै ठूलो क्षतिपूर्ति

डिसी नेपाल
२८ मंसिर २०७८ ९:३६
948
Shares

न्युयोर्क। अमेरिकाका एक पूर्वचिकित्सकको यौन दुर्व्यवहारबाट पीडित दर्जनौं महिलाले ठूलो क्षतिपूर्ति रकम पाउने भएका छन्। महिला जिम्न्यास्टिक राष्ट्रिय टोलीका पूर्वचिकित्सक डा. ल्यारी नासरको दुर्व्यवहारबाट पीडित महिलाले कूल ३८ करोड डलर क्षतिपूर्ति पाउने भएका हुन्।

यौन कान्डको वर्षौपछिको कानुनी लडाइँपछि अमेरिकी जिम्न्यास्टिक र मिसिगन स्टेट युनिभर्सिटीले पीडितलाई क्षतिपूर्ति दिन सहमति जनाएको हो। यो क्षतिपूर्ति यौन दुर्व्यवहारका घटनामा अमेरिकी इतिहासमै अहिलेसम्मकै ठूलो हो।

अमेरिकाको महिला जिम्न्यास्टिक राष्ट्रिय टोली र मिसिगन स्टेट युनिभर्सिटीका ३०० भन्दा बढी महिलाले डा. नासिरले आफूहरुमाथि यौन दुर्व्यवहार भएको गुनासो गर्दै आएका थिए। नासिरले आफूहरुलाई पटक पटक बलत्कार गरेको ओलिम्पिक्स विजेता खेलाडीलेसमेत गुनासो गरेका थिए।

यसअघि सन् २०१८ मा मिसिगन स्टेट युनिभर्सिटीले ५० करोड डलर क्षतिपूर्ति दिने सहमति जनाएको थियो। तर, पछिल्लो सहमतिमा यूएसए जिम्न्यास्टिक्स र मिसिगन स्टेट युनिभर्सिटीले गरी कूल ३८ करोड डलर क्षतिपूर्ति दिन तयार भएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *