हङकङका यी ‘मिडिया टाइकुन’ जो चीनको शिकार बने

डिसी नेपाल
२८ मंसिर २०७८ १०:११
176
Shares

हङकङ। हङकङ आधिकारिक रूपमा जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्र रूपमा चिनिन्छ। त्यही भएर चीन विरोधी गतिविधि गर्ने जोकोही पनि हङकङमा दोषको भागिदार हुन्छन्। पछिल्लो पटक यस्तै भागिदार बनेका छन हङकङका सञ्चार टाइकुन जिम्मी लाई। हङकङको एक अदालतले उनलाई १३ महिना जेल सजाय तोकेको छ।

ताइनामेन नरसंहारको सम्झनामा आयोजित कार्यक्रममा सहभागी भएको अभियोग लगाउँदै उनलाई हङकङस्थित एक अदालतले दोषी ठहर गरेको हो। जिम्मीसँग दोषी ठहर भएका अन्य दुई जनालाई पनि अदालतले सोही सजाँय सुनाएको छ।

गैरकानुनी सभामा सहभागी भएको र उत्तेजना फैलाएको आरोपमा लाइसँगै जाइनेथ हो र चोउ हाङलाई तीन दिनअघि अदालतले दोषी ठहर गरेको थियो। सन् १९८९ मा बेइजिङको ताइनामेन स्क्वायरमा भएको प्रहरी दमनमा मारिएका व्यक्तिको स्मरणमा आयोजित वार्षिक कार्यक्रममा सहभागी हुन उनीहरु तीनै जना यही जुनमा ताइनामेन स्क्वायर पुगेका थिए। हङकङ सरकारको प्रतिबन्धबीच उनीहरु श्रद्धान्जली कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रममा सहभागी भएको आरोपमा अदालतले दोषी ठहर गरेका उनीहरु पछिल्ला तीन व्यक्ति हुन्। वार्षिक कार्यक्रममा सहभागी भएको आरोपमा अहिलेसम्म दुई दर्जनभन्दा बढी राजनीतिज्ञ र कार्यकर्तालाई दोषी ठहर गरिएको छ। ती सबैलाई चीनको ठाडो आदेशमा हङकङ सरकारले पक्राउ गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *