ओमिक्रोन भेरिएन्ट पत्ता लगाउने वैज्ञानिकलाई ज्यान मार्ने धम्की

डिसी नेपाल
२८ मंसिर २०७८ १२:४४
1.3k
Shares

काठमाडौं। दक्षिण अफ्रिकामा जुन वैज्ञानिकहरुले कोरोनाभाइरसको ओमिक्रोन भृेरिएन्ट पत्ता लगाएका थिए ती वैज्ञानिकहरुलाई ज्यान मार्ने धम्की दिइएको छ । यस सम्बन्धमा एउटा पत्र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालाई पनि पठाइएको छ ।

दक्षिण अफ्रिकी अखबार सन्डे टाइम्सको रिपोर्टअनुसार यसरी धम्की दिनेहरुबारे जाँच सुरु गरेको छ । पत्रमा धम्की दिनेहरुले वैज्ञानिकहरुले यो भेरिएन्ट पत्ता लगाएर यसको बारेमा बताएर मानिसहरुको बीचमा त्रासको वातावरण बनाएको भनेका छन् ।

यसबारेमा एउटा पत्र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालाई पनि पठाइएपछि सुरक्षा एजेन्सी सतर्क भएको छ । धम्की दिइएको पत्रमा ग्लेन्डा ग्रे र प्रोफेसर तुलियो डि ओलिभिएराको नाम उल्लेख गरिएको छ । तुलियो डि ओलिभिएरा क्वाजलु नटाल रिसर्च इनोभेसनका प्रमुख हुन् जसले ओमिक्रोन भेरिएन्ट पत्ता लगाउने टिमको नेतृत्व गरेका थिए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *